कारोबार


अन्तर्राष्ट्रिय उडान भोलिबाटै, आन्तरिक १७ गतेदेखि खुल्ने (तालिका)

अन्तर्राष्ट्रिय उडान भोलिबाटै, आन्तरिक १७ गतेदेखि खुल्ने (तालिका)

नेपालखबर
असार ९, २०७८ बुधबार ११:३६,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडान असार १७ र अन्तर्राष्ट्रिय उडान तत्काल गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडान खोल्दै थप स्पष्टको लागि उड्डयन मन्त्रालयलाई निर्देशन दिएको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा हवाइ शाखा प्रमुख बुद्धिसागर लामिछानेले जुलाई १ अर्थात् असार १७ गतेबाट आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान तत्काल खोल्ने निर्णय भएको बताए।

यसअघि मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले आइतबारबाट सुरु हुने नेपालखबरसँग बताएका थिए।

मन्त्रालयले सूचना नै जारी गर्दै असार १७ बाट कुल उडान संख्याको ५० प्रतिशत बढ्ने गरी आन्तरिक उडान गर्ने जनाएको छ।

त्यस्तै अन्तर्राष्ट्रिय उडान उडान ९ वटा एयरलाइन्सले गर्न पाउने भएका छन्।

मन्त्रालयले जुन ३० अर्थात् असार १६ गतेसम्मको उडानतालिका सार्वजनिक गर्दै नेपाल एयरलाइन्सले २४ तारिखमा दोहा, २५ तारिखमा जापान, २७ तारिखमा दोहा, २८ तारिखमा दुवई, २९ तारिखमा दोहा र ३० तारिखमा दुवई उडान गर्ने भएको छ।

त्यस्तै हिमालय एयरलाइन्सले २७ तारिखमा दुवई र क्वालालम्पुर, २८ तारिख दमाम र ३० तारिखमा दमाम उडान गर्न पाउने भएको छ।

कतार एयरवेजले ३० तारिखसम्म ४ उडान तालिका रहेका छन्। कतार एयरवेजले जुन २६, २७, २८ र ३० तारिखमा उडान गर्न पाउनेछन्।

टर्किस एयरलाइन्सले २४, २६ र २९ तारिखमा इस्तानबुल–काठमाडौं उडान हुँदै छ।

जजिराले २७ र ३० तारिख कुवेत–काठमाडौं उडान गर्नेछ।

फ्लाई दुवईले २९ तारिखमा दुवई–काठमाडौं उडान गर्नेछ। त्यस्तै सलम एयरले २९ तारिखमा काठमाडौं–ओमान उडान गर्दै छ।

एयर अरेबिया २६ तारिखमा आवुधाबी–काठमाडौं उडान गर्नेछ। त्यस्तै एयर इन्डियाले काठमाडौं–दिल्ली उडान गर्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad