अखिल नेपाल फुटबल संघ(एन्फ)ले बिहीबार सार्वजनिक गरेको फेरिएको खेल तालिका अनुसार नेपालले उद्घाटन दिन सेप्टेम्बर २० मा माल्दिभ्सको सामना गर्ने भएको हो।
पाकिस्तान नखेल्ने भएपछि खेलतालिका फेरिएको हो। यसअघि पाकिस्तान नेपालको समूहमा थियो।
हल्चोकस्थित एपीएफको मैदानमा हुने प्रतियोगितामा नेपालसँगै बंगलादेश, भुटान, भारत, माल्दिभ्स र श्रीलंकाको सहभागिता रहेको छ।
प्रतियोगिताको टोलीहरुलाई दुई समूहमा बाडिएको छ। समूह ए मा नेपालसँगै भुटान र माल्दिभ्स छन् भने समूह बीमा बंगलादेश, श्रीलंका र भारत छन्।

यस्तै नेपालले दोस्रो खेल सेप्टेम्बर २२ तारिखमा भुटानको सामना गर्नेछ। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनलका खेलहरु सेप्टेम्बर २७ तारिखमा हुनेछ।
यस्तै सेप्टेम्बर २९ तारिखमा तेस्रो स्थान र फाइनल खेल हुनेछ। सबै खेलहरु हल्चोकस्थित सशस्त्र प्रहरीको मैदानमा हुनेछन्।

प्रतिक्रिया