कर्णाली प्रदेशका ४ सांसदको पुनर्बहालीविरुद्ध प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले हालेको पुनरवलोकन निवेदन (भ्याकेट) को सुनुवाइ हुँदै गर्दा यस पार्टीका नेता विष्णु रिजालले कतिपय कुरा पर्दा खुलेपछि मात्रै देखिने बताएका छन्।
७० को दसकमा सिक्किममा भएको राजनीतिक घटना स्मरण गराउँदै नेता रिजालले एमाले एकताका सवालमा पनि त्यही कुरा लागू हुन सक्नेतर्फ सचेत गराएका हुन्।
‘जेठ २ मा फर्किन नेताहरू सहमत भइसकेपछि एमालेको एकतामा विलम्ब हुनुपर्ने वैध कारण छैन। कतिपय कुरा पर्दा खुलेपछि मात्रै देखिन्छन्,’ मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘७० को दसकमा सिक्किममा राजा नाम्ग्याल र काजी लेन्डुपलाई भिडाउनेहरू साँझ एउटै टेबुलमा बसेर योजना बनाउँथे भन्ने थाहा पाउँदा निकै ढिलो भइसकेको थियो।’
यो पनि : कर्णाली प्रदेशका ४ सांसद पुनर्बहालीविरुद्ध भ्याकेटको सुनुवाइ आज, कसको इजलासमा?

प्रतिक्रिया