नेकपा (माओवादी केन्द्र) को भातृ संगठन वाईसीएल नेपालले सिन्धुपाल्चोकका बाढीपीडितलाई राहत वितरण गरेको छ।
राहत लिएर वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ नेतृत्वको टोली मेलम्ची, हेलम्बू चनौटे पुगेको हो।
वाईसीएलले बाढी प्रभावितलाई खान पकाउने भाँडाकुडालगायत प्रत्येक घरलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराएको अध्यक्ष दीपशिखाले जानकारी दिए।
हिजोमात्र कोरोना संक्रमण र प्राकृतिक प्रकोपलाई मध्यनजर गर्दै वाईसीयलले ‘विपद राहत कोष’ खडा गरेको थियो। उक्त कोषमार्फत बाढी प्रभावित क्षेत्रमा राहत सामग्री सहयोग गर्ने काम सुरू भइसकेको वाईसीयलले जनाएको छ।
प्रतिक्रिया