ad ad

समाज


मेलम्ची बाढीका नाममा राहत संकलन गरे २ वर्षसम्म जेल र १ लाखसम्म जरिवाना गर्ने चेतावनी

मेलम्ची बाढीका नाममा राहत संकलन गरे २ वर्षसम्म जेल र १ लाखसम्म जरिवाना गर्ने चेतावनी

नेपालखबर
असार ४, २०७८ शुक्रबार १३:३२,

मेलम्ची बाढीका नाममा चन्दा वा सहयोग संकलन तथा कालोबजारी गरेको पाइए २ वर्षसम्म कैद वा १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने चेतावनी सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले दिएको छ।

शुक्रबार विज्ञप्ति जारी गरी प्रशासन कार्यालयले भनेको छ– ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा २४ (१) (ख) बमोजिम ‘अनुमति लिई वा नलिई विपदका नाममा चन्दा, राहत वा सहयोग संकलन गरेमा र ऐ ऐनको दफा १ (ख) मा विपदको समयमा अप्राकृतिक रूपमा बजारमूल्य वृद्धि गरेमा वा कालोबजारी गरेमा वा गुणस्तरहीन वस्तु वा सेवाको कारोबार गरेमा’ त्यस्तो कार्य गर्नेलाई कसुरको मात्रा हेरी एक लाख रुपैयाँसम्म जरिवाना वा २ वर्षसम्म कैद वा दुवै सजाय व्यवस्था भएकोले त्यस्तो गलत क्रियाकलाप नगर्न नगराउन, भए गरेको जानकारी वा सूचना प्राप्त भएमा जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकी वा (मोबाइल नम्बर ९८४१३९२८८३) मा जानकारी गराइदिन सर्वसाधारण सबैसँग अनुरोध छ।’

sindhu bi

यी पनि–

मेलम्चीमा त्यस्तो भीषण बाढी किन आयो? यसो भन्छ, जल तथा मौसम विज्ञान विभाग

 मेलम्ची बाढी अपडेट : बेपत्ताको संख्या २० पुग्यो, को को?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .