उत्तर कोरियाका सर्वाेच्च नेता (शासक) किम जोङ उनले आफूहरू अमेरिकासँग ‘वार्ता र संघर्ष’ दुवैका लागि तयार रहनुपर्ने बताएका छन्।
उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार बिहीबार बसेको सत्तारूढ वकर्स पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठकमा नेता किमले अमेरिकासँग ‘उपयुक्त रणनीतिक तथा सामरिक प्रतिवाद’ का आधारमा व्यवहार गर्नुपर्ने धारणा राखेका हुन्।
अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएयता किमको यो पहिलो प्रतिक्रिया हो।
केसीएनएका अनुसार किमले संवाद र संघर्षका लागि तयार रहनुपर्ने तथा मुलुकको गरिमा रक्षा र स्वतन्त्रता विकासका लागि मुलुक पूर्ण रूपमा तयार रहनुपर्नेमा जोड दिएका छन्।
यस्तो कदमले मात्र उत्तर कोरियामा शान्ति तथा सुरक्षाको प्रत्याभूति हुने किमले बताएका छन्।
प्रतिक्रिया