राजनीति


घिमिरे र केसी सर्वोच्च बारबाट एमिकस क्युरीमा सिफारिस

घिमिरे र केसी सर्वोच्च बारबाट एमिकस क्युरीमा सिफारिस

नेपालखबर
असार १, २०७८ मंगलबार १०:५४,

सर्वोच्च अदालत बार एशोसिएसनले वरिष्ठ अधिवक्ताहरु कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीमा पठाउने भएको छ।

प्रतिनिधिसभा विघटनको मुद्दामा संवैधानिक इजलासले दुवै बारबाट दुई दुई जना वरिष्ठ अधिवक्ताहरु सहयोगीको रुपमा माग गरेको थियो।

मंगलबार बसेको सर्वोच्च बारको बैठकले घिमिरे र केसीलाई सिफारिस गरेको बारका अध्यक्ष पूर्णमान शाक्यले बताए।

संसद विघटनको मुद्दामा असार ९ गतेदेखि नियमित सुनुवाइ सुरु हुँदैछ। उक्त मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा सुनुवाइ हुनेछ।

नेपाल बार एशोसियशनले पनि मंगलबार नै एमिकसको निर्णय गर्दैछ।

सरकारको सिफारिसमा गत जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले दोश्रो पटक संसद विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा ३० वटा रिट परेका छन्।

amikis querey

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .