राजनीति


प्रस्तावित मुख्यमन्त्री पोखरेल भन्छन् : सत्ताले नाङ्गो नाच देखायो

प्रस्तावित मुख्यमन्त्री पोखरेल भन्छन् : सत्ताले नाङ्गो नाच देखायो

नेपालखबर
जेठ २९, २०७८ शनिबार ११:३३,

प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले केन्द्रीय राजनीति प्रदेशमा दोहोरिएको प्रतिक्रिया दिएका छन्।

उनले भने, ‘अहिलेको सरकार केन्द्रीय सरकारको डुब्लिकेट, यहाँ त्यही भएको छ। यसको घोर भर्त्सना गर्छौं।’

थापाले राज्य संरचना हातमा लिएर नांगो नाच गरेको भन्दै अदालतमा जाने संकेत गरे। उनले भने, ‘राज्यले संयन्त्र हातमा लिएर नंगा नाच गरिसकेपछि पब्लिक अदालतमा जानुपर्‍यो।’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २७ गते सदनमा विश्वासको मत गुमाएका थिए।

त्यसपछि प्रदेश प्रखुम सीता पौडेलले सरकार गठनका लागि आह्वान गरेकी थिइन्। शुक्रबार ३१ जना सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेसका नेता कृष्णचन्द्र पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

तर आज मुख्यमन्त्रीमा गुरुङको पनि दाबी पेश गरेपछि गण्डकीको राजनीतिले नयाँ मोड दिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .