नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले मन्त्रालयमा को मन्त्री आयो को मन्त्री गयो भनेर होइन काममा ध्यान दिन कर्मचारीहरुलाई निर्देशन दिएकी छन्।
बिहीवार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री थापाले मन्त्रीभन्दा मन्त्रालयको काममा कर्मचारीहरुको ध्यान जानुपर्ने बताइन्।
सरकार र सरकारको योजना सफल बनाउन सञ्चार मन्त्रालयको महत्वपूर्ण भूमिका रहेको भन्दै मन्त्री थापाले जनतालाई सूचना प्रविधिको पहुँचमा लैजान आवश्यक रहेको बताइन्।
परिचयात्मक कार्यक्रममा बोल्दै मन्त्री थापाले समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार बनाउन मन्त्री, कर्मचारी भएर काम गर्न आफू सधैँ खुल्ला रहेको स्पष्ट पारिन्।
मन्त्री थापा यसअघि राष्ट्रिय महिला आयोगको अध्यक्ष थिइन्। साथै निवर्तमान गृहमन्त्री रामबहादुर थापाको श्रीमती हुन्।
प्रतिक्रिया