ad ad

राजनीति


अधिवक्ता यादवले भने– राष्ट्रपतिले ओलीबाहेक अरुलाई प्रधानमन्त्री बन्नै नदिने तयारी गरेको देखियो

अधिवक्ता यादवले भने– राष्ट्रपतिले ओलीबाहेक अरुलाई प्रधानमन्त्री बन्नै नदिने तयारी गरेको देखियो

नेपालखबर
जेठ २६, २०७८ बुधबार ६:५५,

सर्वोच्च अदालतमा आजबाट संसद् विघटनसम्बन्धी परेका ३० रिटमाथि विषयकेन्द्रित बहस सुरु भएको छ।

अहिले शेरबहादुर देउवासहित १४६ सांसद रिट निवेदक रहेको मूल निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता महादेव यादवले बहस सकेका छन्।

बहस गर्दै यादवले अहिले सरकार बन्न नसकेको अवस्था नभएको बताए।

सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले नै नदिएको उनले जिकिर गरे।

उनले भने, ‘राष्टपतिले नै बनाउन नदिएको अवस्था हो।’

बहुमत लिएर शेरबहादुर देउवा पुगे पनि राष्ट्रपतिले अवरोध गरेको उनको तर्क थियो।

‘बहुमत लिएर शेरबहादुर देउवा पुगे तर राष्टपतिले केपी ओलीबाहेक कसैलाई बन्नै नदिने तयारी गरेको देखियो।’

बहुमतको आधार प्रस्ट हुँदाहुँदै पनि देउवालाई प्रधानमन्त्री नबनाएको भन्दै उनले दोहोरो हस्ताक्षरको आरोप निराधार रहेको दलिल पेस गरे।

यादवले भने, ‘हस्ताक्षर दोहोरो छैन, कसैले दाबी गरेकै आधारमा दोहोरो भन्न मिल्दैन आधिकारिकता हेर्नुपर्यो।’

अहिले शम्भु थापाले बहस सुरु गरेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले जेठ ८ गते राति प्रतिनिधि सभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको घोषणा गरेकी थिइन्।

त्यसअघि प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत गुमाएपछि राष्ट्रपतिले सरकार बनाउन दुई वा दुईभन्दा बढी दललाई बहुमत सांसदको दाबी पेस गर्न समयसीमा दिएकी थिइन्।

त्यसलगत्तै शेरबहादुर देउवाले आफ्नो पक्षका १४९ जना सांसदको हस्ताक्षर बुझाएका थिए भने ओलीले १५३ जना सांसद आफ्नो पक्षमा रहेको दाबी पेस गरेका थिए।

तर दुवै दाबी नपुग्ने भन्दै राष्ट्रपतिबाट संसद् विघटन गरिएको थियो। त्यसविरुद्ध देउवासहित १४६ सांसदले सशरीर सर्वोच्च अदालत पुगेर रिट दर्ता गरेका थिए। सोही मुद्दामा बहस सुरु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .