मंगलबार बेलुकी परेको मुसलधारे पानीका कारण राजधानी गान्तोकनजिकै अप्पर सिच्छेमा गएको पहिरोले पुरिएर ४० वर्षीय एक महिलाको मृत्यु भएको छ।
माथिबाट एकै पटक खसेको पहिरोले पुरिएर विमला क्षेत्रीको मृत्यु भएको हो। स्थानीयवासीहरूका अनुसार उक्त पहिरो हिजो बेलुकी करिब ६ बजे खसेको थियो।
स्थानीयले दिएको जानकारी अनुसार भान्सामा खाना पकाउँदै गरेकी उनलाई पहिरोले बगाएको थियो।
ती महिलाकी वृद्धा आमा पनि घाइते भएकी छन्।
पहिरोका कारण चारवटा भवनलाई क्षति पुगेको छ। प्रशासनले पहिरो प्रभावित परिवारहरूका लागि पिएनजि स्कुलमा पुनर्वासको व्यवस्था गरेको छ।
अर्कोतिर मुख्यमन्त्री पीएस गोलेले पहिरोमा परी ज्यान गुमाउने महिलाका परिवारलाई ५ लाख र घाइतेलाई ५० हजार रुपियाँ राहत दिने दिने घोषणा गरेका छन्।
प्रतिक्रिया