गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ। उनले २७ गते विश्वासको मत लिने प्रस्ताव दर्ता गराएका हन्।
गुरुङले ठूलो दलको हैसियतमा वैशाख २९ गते मुख्यमन्त्रीको नियुक्ति लिएका थिए। मुख्यमन्त्री नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ।
गुरुङले यस अघि अविश्वासको प्रस्तावमा मतदान हुनुभन्दा अगाडि पदबाट राजीनामा दिएका थिए। त्यस पछि प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभामा प्रतिनिधित्व गर्ने २ वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत दाबी गरेर सरकार गठन गर्न आह्वान गरेकी थिइन्।
जनमोर्चाका सांसद कृष्ण थापा र खिमविक्रम शाहीले साथ नदिँदा विपक्षीको दाबी अस्वीकृत भएको थियो। त्यसपछि गुरुङनै मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रतिक्रिया