सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टले विश्वासको मत पाएका छन्।
प्रदेश सभामा आज भएको मतदानमा उनको पक्षमा ३० र विपक्षमा ९ मत परेको छ।
५१ जना सांसद बैठकमा उपस्थित भए पनि १२ जना मतदानमा सहभागी भएनन्।
सभामुख अर्जुन बहादुर थापाले प्रदेशमा कायम सम्पूर्ण सदस्य संख्याको आधारमा मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गरेको घोषणा गरे।
नेकपाको ओली समूह र जनता समाजवादी पार्टीका सांसदले उनको विपक्षमा मतदान गरेका हुन्।
एमालेको नेपाल समुहले मुख्यमन्त्री भट्टलाइ विस्वासको मत दिएको छ। नेपाली कांग्रेस तटस्थ बसेको छ।
यो पनि :
सुदूरपश्चिममा जोगियो माओवादी सरकार, कांग्रेस र नेपाल पक्षले दियो साथ
3
Shares

प्रतिक्रिया