ad ad

राजनीति


सुदूरपश्चिममा जोगियो माओवादी सरकार, कांग्रेस र नेपाल पक्षले दियो साथ

सुदूरपश्चिममा जोगियो माओवादी सरकार, कांग्रेस र नेपाल पक्षले दियो साथ

गोकुल जोशी
जेठ २५, २०७८ मंगलबार ६:१९,

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार संसदमा विश्वासको मत लिदैछन्। मुख्यमन्त्री भट्टले विश्वासको मत पाउने लगभग पक्कापक्की भएको छ।

फुटको डिलमा रहेको नेकपा एमालेको माधव नेपाल समूहले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने भएको छ।

नेपाल समूहको बाहुल्यता रहेको एमालेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टलाई समर्थन गर्ने निर्णय गरेको नेपाल समूहका सांसद प्रकाश रावलले बताए।

यस अघि १० जेठमा पनि एमालेको ओली समूहले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। तर प्रदेश संसदीय दलले समर्थन यथावत् राख्ने निर्णय गरेर सरकारमा सहभागी भएको थियो।

मुख्यमन्त्री भट्टलाई सरकार जोगाउन २७ सांसद आवश्यक पर्दछन्। कुल ५३ प्रदेश सभा सदस्य संख्या रहेको सुदूरपश्चिम प्रदेश सभामा माओवादी केन्द्रसँग १३ सांसद छन्।

सभामुख सहित २५ प्रदेश सांसद रहेको नेकपा एमालेको नेपाल समूहमा १५ र ओली समूहमा ९ जना सांसद छन्। नेपाली कांग्रेसका १२ जना सांसद प्रदेश सभामा छन्।

ओली निकट एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिन निर्देशन जारी गरेको थियो।

उता नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले भट्ट नेतृत्वको सरकार ढल्न नदिने जनाएको छ।

एमालेको नेपाल समूह र माओवादी केन्द्रको मत अपुग भएर मत आवश्यक परेको खण्डमा कांग्रेसले पक्षमा मत दिने एक सांसदले बताए।

यस्तै जनता समाजवादी दलले मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने सांसद कृष्ण बहादुर चौधरीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .