राजनीति


ओलीको एकता प्रस्तावबारे छलफल गर्न माधव नेपाल पक्षको आकस्मिक बैठक बस्दै

ओलीको एकता प्रस्तावबारे छलफल गर्न माधव नेपाल पक्षको आकस्मिक बैठक बस्दै

नेपालखबर
जेठ २४, २०७८ सोमबार २:२९,

प्रधानमन्त्रीसमेत पार्टी अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक एकताका लागि ६ बुँदे प्रस्ताव गरेपछि यस विषयमा संस्थागत धारणा बनाउन माधव नेपाल पक्षले आफ्ना स्थायी कमिटी सदस्यहरूको आकस्मिक बैठक बोलाएको छ।

एक नेताका अनुसार बैठक आज सोमबार बिहान ११ बजे भर्चुअलमा रूपमा बस्नेछ।

ओलीले आइतबार साँझ पार्टीलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गर्दै माधव नेपाल पक्षसमक्ष ६ बुँदे प्रस्ताव राखेर एकताका लागि आह्वान गरेका छन्।

यो पनि : एमाले २०७५ जेठ २ मा फर्कने ओलीको घोषणा, पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव

ओलीको प्रस्तावका विषयमा माधव नेपाल पक्षकै नेताबीच मत बाझिएको छ। एउटा– सहमति गनृुपर्ने पक्षमा देखिएको छ भने अर्काे– यो धोका हो, विश्वास गर्न हुँदैन भन्ने अडानमा छ।

नेपाल समूहमा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, वेदुराम भुसाल, जगन्नाथ खतिवडा, डा. विजय पौडेल, राजेन्द्र राई, रामकुमारी झाँक्रीलगायत नेता ओलीसँग सम्झौता गर्न हुन्न भन्ने पक्षमा छन् भने योगेश भट्टराई, गोकर्ण विष्टलगायत नेता ओलीको प्रस्तावप्रति सकारात्मक देखिएका छन्।

यस्तै सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत नेता मध्यमार्गमा उभिएका छन्। 

ओलीको प्रस्तावबारे घनश्यामभन्दा योगेशको भिन्न प्रतिक्रया

वेदुराम मुसाल, झाँक्री, खतिवडालगायतले त प्रस्ट रूपमा विरोध जनाएका छन्।

यसकारण ओलीको एकता प्रस्ताव झुटको पुलिन्दा हो : जगन्नाथ खतिवडा

रामकुमारी झाँक्रीको प्रश्न : ओलीको एकता प्रस्तावमा माधव नेपालको नाम खोइ?

यसरी आफ्नो समूहभित्रै फरक फरक धारणा आएपछि एउटै संस्थागत धारणा बनाउन नेपाल पक्षले आज स्थायी कमिटी बैठक राख्न लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .