राजनीति


ओलीको प्रस्तावबारे घनश्यामभन्दा योगेशको भिन्न प्रतिक्रया, भन्छन्– मूलतः सकारात्मक छ

ओलीको प्रस्तावबारे घनश्यामभन्दा योगेशको भिन्न प्रतिक्रया, भन्छन्– मूलतः सकारात्मक छ

नेपालखबर
जेठ २३, २०७८ आइतबार १७:८,

नेकपा–एमाले नेता योगेश भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको एकताका लागि आज आइतबार वक्तव्यमार्फत गरेको आह्वान मूलतः सकारात्मक रहेको बताएका छन्। 

‘कार्यदलस्तरको छलफललाई यो वक्तव्यले पुनः निरन्तरता दिन बाटो खुलेको छ। पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पस्ट गर्नु पर्ने र मिलाउनु पर्ने थप बिषयहरुलाई समाधान गर्नेछ,’ भट्टराईले सामाजिक सञ्जालमा भनेका छन्, ‘सर्वोच्चमा बिचाराधिन बिषयमा सबै संभावनालाई ख्याल गर्दै र मुलतः संविधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निष्कर्षमा पुग्नु उपयुक्त हुनेछ।’

सारमा अध्यक्षको वक्तव्यले पार्टीको शीर्ष नेतृत्वका बिचमा सार्थक संवाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्दत पुग्ने उनले बताएका छन्।

‘हजार माईलको यात्रा पहिलो पाईलाबाट नै सुरु हुन्छ,’ उनको भनाइ छ।

नेपाल पक्षका नेता भट्टराई केहि समयदेखि ओलीतर्फ ढल्केकाे चर्चा छ।

नेपाल पक्षकै अर्का नेता घनश्याम भूसालले भने ओलीको प्रस्तावलाई गम्भीरताका साथ अध्ययन गरेर र नेताहरुबीच छलफल गरेर मात्र त्यसबारे प्रतिक्रिया दिने जनाएका थिए।

‘यस विषयमा छलफल हुन्छ, ध्यानपूर्वक अध्ययन हुन्छ र त्यसपछि यसमा प्रतिक्रिया व्यक्त गर्दछौ,’ नेकपा एमालेका उपमहासचिव घनश्याम भूसालले भने।

यो पनिः
अध्यक्ष ओलीको प्रस्तावबारे यसो भन्छ नेपाल पक्ष

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .