राजनीति


२०७५ जेठ ३ मा फर्किन ओली तयार तर बादलसहित

२०७५ जेठ ३ मा फर्किन ओली तयार तर बादलसहित

नेपालखबर
जेठ २३, २०७८ आइतबार १६:१९,

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको केन्द्रीय कमिटी र स्थायी कमिटी भने २०७७ फागुन २४ गतेको अवस्थालाई सक्रिय बनाउने भएका छन्।

उनले आज आइतबार पार्टी एकताका लागि भन्दै ६ बुँदे प्रस्ताव प्रस्तुत गरे पनि स्थायी समिति र केन्द्रीय समितिमा भने पूर्वमाओवादी नेताहरुसहितको हुनुपर्ने उनको भनाइ छ।

अदालतको फैसलापछि एमाले र माओवादी पार्टी छुटिँदा एमालेमै रहेका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह लागयतका नेताहरु अहिले एमालेको स्थायी, केन्द्रीय समितिहरुमा रहेका छन्।

ओलीले पार्टीलाई २०७५ जेठ ३ गतेको अवस्थाबाट क्रियाशील बनाउन तयार रहेको बताएपनि पूर्वमाओवादी नेतासहित त्यसो गर्न चाहेको प्रस्तावमा उल्लेख छ।

पहिलो नम्बरमा नेपाल पक्षले उठाउँदै आएको जस्तो जेठ २ नभै सर्वोच्च अदालतको २०७५ फागुन २३ गतेको फैसलापछिको समिति क्रियाशील बनाउने उनको प्रस्तावमा उल्लेख छ।

‘नेकपा एमालेलाई २०७५ जेठ ३ गते पूर्ववत अवस्थामा अगाडी बढाइने छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीको संरचना गतिशील हुने छ,’ प्रस्तावको पहिलो नम्बरमा भनिएको छ।

यो पनिः एमाले २०७५ जेठ ३ मा फर्कने ओलीको घोषणा, पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव

यो भनेको सर्वोच्च अदालतले गत फागुन २३ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतालाई भंग गरेपछि निर्माण भएको नेकपा एमालेको अवस्थामा हो।

जसमा रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गैरीशंकर चौधरीहरुसहित माओवादी केन्द्र छाडेर ओलीतर्फ रहेका नेताहरुसहितको केन्द्रीय कमिटी हो।

यो पनिः
अध्यक्ष ओलीको प्रस्तावबारे यसो भन्छ नेपाल पक्ष

कार्यकर्तालाई नेपालको निर्देशनः ठोस परिणाम नआएसम्म संगठन बनाउन नरोक्नू, वडा तहसम्मै पुग्नू (प्रस्तावहरु)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad