उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
माधव नेपाल पक्षधर अनेरास्ववियूले प्रदर्शनीमार्गमा गरेको विरोध प्रदर्शनको क्रममा ११ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
महतोले शुक्रबार पदभार सम्हाल्ने क्रममा नेपाल बहुल राज्य हुनु पर्ने र त्यो नहुन्जेल संघर्ष जारी रहने बताएका थिए।
उनको उक्त अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको छ।
प्रहरीले अखिलका अध्यक्ष सुदेश पराजुली, महासचिव आरती लामा लगायतलाई नियन्त्रणमा लिएको हो। उनीहरुलाई महेन्द्र पुलिस क्लवमा राखिएको छ।
नियन्त्रणमा लिने क्रममा प्रहरीले कुटपिट गर्दा आफू घाइते भएको पराजुली बताए।

प्रतिक्रिया