यी दुवै नेता भारत र चीनबीच सिर्जित विवाद समाधान गर्न सक्षम भएको पनि उनको भनाइ छ।
‘मलाई थाहा छ कि चीन र भारतबीच विवाद छ तर छिमेरी राष्ट्रबीच केही न केही मुद्दा हुन्छ नै’ पीटीआईसँगको अन्तर्वार्तामा पुटिनले भने,‘दुवै ज्यादै जिम्मेवार नेता हुन् र दुवैलाई सम्मान गर्नुपर्छ। मलाई लाग्छ दुवै नेताले आफूबीचको समस्याको समाधान खोज्न सक्छन्। त्यसैले यी दुई देशलाई कसैले दख्खल दिन जरुरी छैन।’
सो क्रममा पुटिनले भारत र चीन दुवैसँग आफ्नो सम्बन्ध सुमधुर भएको पनि उल्लेख गरे। यस्तै उनले क्वाडबारे पनि धारणा राखेका छन्।
क्वाडमा आवद्ध अमेरिका, अस्ट्रेलिया, जापान र भारतले यतिबेला चीनलाई निशाना बनाउँदै चीनको आक्रामकताविरुद्ध एक भएर उभिने सहमति गरेका छन्।
उनीहरुले खुला इन्डो–प्यासिफिक क्षेत्रको वकालत गर्दै दक्षिण चीन सागरमा चीनको दाबी अस्वीकार गरेका छन्।
यस विषयमा पुटिन भन्छन्,‘हामी क्वाडमा आवद्ध छैनौं। कुन देशले कस्तो कदम उठाइरहेको छ म त्यो निजीस्तरमा केही भन्न चाहन्न, किनकि हरेक सार्वभौम राष्ट्रलाई कुन हदसम्म अन्य देशसँग सम्बन्ध राख्ने भन्ने अधिकार छ। तर मेरो भनाइ याे हो कि देशहरुबीच हुने कुनैपनि साझेदारीको उद्देश्य कसैलाई निशाना बनाउने हुनु हुँदैन।’
Shares

प्रतिक्रिया