उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले नेपाल बहुल राज्य हुनु पर्ने दोहोर्याएका छन्।
शनिबार नवनियुक्त मन्त्रीहरुलाई शुभकामना दिन आयोजित कार्यक्रममा बोल्दै महतोले नेपाल बहुलताले भरिएको देश भएको ले बहुल राज्य हुन आवश्यक रहेको बताएका हुन्।
मन्त्री नियुक्त भएपछि पदभार सम्हाले क्रममा पनि उनले बहुल राज्यको लागि संघर्षरत रहेको बताएका थिए। उनको यो अभिव्यक्ति प्रति कडा टिप्पणी भइरहेका छन्।
'नेपाल विविधताले भरिएको देश हो। त्यसैले बहुल राष्ट्रिय राज्य हो। त्यसो हुनाले यहाँको नियम कानुन संविधान त्यही अनुसार हुनुपर्छ', उनले भने, 'विविधताले भरिएको देश एकल हुन सक्दैन। यो नभएसम्म देशमा सबैले त्यसका लागि संघर्ष गरिरहन्छन्।'
उनले एकल राज्यका कारण विभिन्न समुदाय पछि परेकोले उनीहरुलाई सहभागी गराउनु पर्ने बताए। एकल जातीय प्रभाव परेका ठाउँलाई वहुलतामा लैजानु पर्ने उनको धारणा थियो।
महतोको भनाईप्रति एमाले नेता वामदेव गौतमले संविधानको मर्म विपरित कार्य गर्ने छैन भनी सपथग्रहण गरेको आधा घण्टा नबित्दै महतोले नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि संचालन गरिरहेको बताउनु दुखद भएको बताएका थिए।
यस्तै नेकपा एमालेका नेता योगेश भट्टराईले पहिलो र दोश्रो संविधानसभा मै असान्दर्भिक भैइसकेको बहुराष्ट्रिय राज्यको बहस उपप्रधानमन्त्रीले पुन: उठाउनु राम्रो संकेत नभएको बताएका छन्।
यो पनि :
वामदेव गौतमले भने : महतोको अभिव्यक्तिबारे ओलीको अनभिज्ञता देखेर आश्चार्य चकित छु

प्रतिक्रिया