राजनीति


मन्त्रिपरिषद् पुनर्गठन भएसँगै संविधानवाद स्थापना भयो : शंकर पोखरेल

मन्त्रिपरिषद् पुनर्गठन भएसँगै संविधानवाद स्थापना भयो : शंकर पोखरेल

नेपालखबर
जेठ २२, २०७८ शनिबार ४:३४,

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी भएसँगै देशमा संविधानवाद स्थापना भएको दाबी गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुननर्गठन गर्दै ठाकुर पक्षका ८ जनालाई मन्त्री र २ जनालाई राज्यमन्त्री बनाएका छन्। 

जसअनुसार राजेन्द्र महतो उपप्रधान एवं सहरी विकासमन्त्री, शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाइ, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, एकवाल मियाँ युवा तथा खेलकुदमन्त्री भएका हुन्।

चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङ महिला बालबालिका तथा ज्येष्ठ राज्यमन्त्री बनेका छन्।

यसबाट अब चुनावमा जाने बाटो सहज भएको भन्दै ओलीनिकट एमाले नेता पाखरेलले खुसी व्यक्त गरेका हुन्।

‘जसपाको महन्थ पक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भएको छ,’ पोखरेलले शनिबार बिहान सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन्, ‘अब सबै पक्ष चुनावमार्फत नयाँ जनादेश प्राप्त गर्ने अभियानमा जुटौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad