राजनीति


ओलीले गर्ने षडयन्त्रबारे मैले ५ दिन पहिले गरेको अनुमान सही साबित भयोः भीम रावल

ओलीले गर्ने षडयन्त्रबारे मैले ५ दिन पहिले गरेको अनुमान सही साबित भयोः भीम रावल

नेपालखबर
जेठ २२, २०७८ शनिबार ३:४४,

नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले आफूले ५ दिनअघि गरेको अनुमान मन्त्रिपरिषद् पुनर्गठनले पुष्टि गरेको दाबी गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा मन्त्री हेरफेर गरेको भोलिपल्ट शनिबार बिहान विज्ञप्ति जारी गरी पूर्वगृहमन्त्रीसमेत रहेका नेता रावलले प्रधानमन्त्री ओलीले आफूसँग ५ मन्त्रालय राखेर बाह्य शक्ति रिझाउने भनेर गरेको अनुमान सही साबित भएको बताएका हुन्।

‘मैले ५ दिनअघि उहाँले आफूसँग ५ मन्त्रालय राखेर बाह्य शक्तिलाई मक्ख पार्न अरू मन्त्रालय जसपा (महन्थ) लाई धूपबत्ती गर्न सक्ने कुरा व्यंग्यात्मक रूपमा ट्विट गरेको थिएँ,’ नेता रावलले भनेका छन्, ‘त्यसको जेठ २१ गते (हिजो) को मन्त्रिपरिषद् हेरफेरबाट पुष्टि भयो।’

यो पनि : प्रधानमन्त्री ओली एक्लैको जिम्मामा ७ मन्त्रालय!

शनिबार बिहान वक्तव्यसहित रावलले ट्विटरमा लेखेका छन्, ‘प्रम केपीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवं राष्ट्रहित विरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१ को मन्त्रिपरिषद्को हेरफेरमा अझ छताछुल्ल भएको छ।’

हेर्नुहोस्, रावलले जारी गरेको वक्तव्य :

rawal bigya1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad