राजनीति


चीनप्रति नरम नबन्ने बाइडेनको संकेत

चीनप्रति नरम नबन्ने बाइडेनको संकेत

नेपालखबर
जेठ २२, २०७८ शनिबार ०:५५,

अमेरिकी राष्ट्रपति जो बाइडेनले दर्जनौँ चिनियाँ प्रविधि तथा रक्षा कम्पनीलाई सैन्य सम्बन्ध र लगानी विस्तार गर्नमा रोक लगाइएको घोषणा गरेका छन्।

बाइडेन प्रशासनले लिएको पछिल्लो कदमले उनी चीनप्रति नरम बन्नसक्ने अनुमानलाई खारेज गरिदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

बाइडेनले गरेको पछिल्लो निर्देशनको उद्देश्य अघिल्लो वर्ष आफ्ना पूर्ववर्ती डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका चीनसम्बन्धी निर्णयलाई सुदृढ पार्ने खालको छ।

चिनियाँ कम्पनीको सुरक्षा र निगरानीमा जोडिएका प्राविधिक फर्म तथा कम्पनीको लगानीमाथिको नियन्त्रणलाई सुदृढ पार्दै आफ्नो मुलुकको सुरक्षालाई अघि बढाउने उद्देश्य बाइडेनले लिएका छन्।

‘प्रतिबन्ध विस्तार गर्नुको उद्देश्य चिनियाँ कम्पनीमा भएको अमेरिकी लगानीले अमेरिका तथा उसका सहयोगी राष्ट्रको सुरक्षा तथा मुल्य मान्यतालाई बेवास्ता नगरून् भन्ने रहेको छ,’ निर्देशनमा भनिएको छ।

संशोधित सूचीमा वाशिङ्टनले धार्मिक र जातीय अल्पसंख्यकको निगरानी वा दमन र गम्भीर मानव अधिकार उल्लङ्घनमा योगदान पु¥याउने कम्पनी समावेश गरिएको उल्लेख छ। विस्तारित सूचीमा अमेरिकी प्रविधि र लगानीमा पहुँच सीमित गरेको दावी गरिएका धेरै कम्पनी पहिले नै अमेरिकी रक्षा मन्त्रालयको कालोसूचीमा थिए।

चिनियाँ प्राविधि कम्पनी हुवावे, नेशनल अफसोर आयल कम्पनीलगायतका ३१ कम्पनीको प्रतिबन्धलाई अमेरिकाले ५९ पु¥याएको छ।

बेइजिङको यस सम्बन्धमा तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन । यद्यपि चिनियाँ अधिकारीले व्यक्त गरेका अनौपचारिक भनाइमा अमेरिकालाई राष्ट्रिय सुरक्षाको अवधारणा विकृत पार्ने र राज्यशक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन्।

बेइजिङले चिनियाँ उद्यमको अधिकार र हितको रक्षा गर्न आवश्यक कदम चाल्नुपर्ने धारणा उनीहरूले राखेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad