पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना महामारीको समयमा सुरक्षित र सावधान रहन आग्रह गरेका छन्।
कोरोना मुक्त भएपछि स्वास्थ्यलाभ गरिरहेका शाहले आफू र पूर्वरानी कोमल शाहको स्वास्थ्यबारे चासो चिन्ताका साथ शुभकामना दिने सबैप्रति आभारी व्यक्त गरेका छन्। उनले कोमल र आफूले पूर्णस्वास्थ्यलाभ गरेको बताएका छन्।
एक भिडिओ सन्देश जारी गर्दै उनले महामारीमा दिनरात आफ्नो दायित्व र मानवीय कार्य गर्ने स्वस्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी र सामाजिक कार्यकर्तालाई धन्यवाद दिएका छन्।
देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति चिन्तित रहेको उनले बताएका छन्।
'महामारीलाई नियन्त्रणका लागि आफ्नै संकल्प र बाह्य सहयोगको आवश्यक पर्छ। पर्याप्त अन्तर्राष्ट्रिय सहयोगको लागि धन्यवाद', भिडिओमा शाहले भनेका छन्।
शाहले उपचारको क्रममा रहेका सबै नेपालीको सीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।
हिमानी शाहको फेसबुकबाट जारी गरिएको भिडिओमा पूर्वरानी कोमल पनि सँगै देखिएकी छन्।
भिडिओ :

प्रतिक्रिया