राजनीति


एमालेमा ‘ब्रेक थ्रु’ हुँदैछः विष्णु रिजाल

एमालेमा ‘ब्रेक थ्रु’ हुँदैछः विष्णु रिजाल

नेपालखबर
जेठ २०, २०७८ बिहिबार ७:९,

नेकपा एमालेका नेता विष्णु रिजालले जति प्रयत्न गरे पनि पार्टी नफुट्ने दाबी गरेका छन्।

उनले नेकपा एमालेभित्रको राजनीतितर्फ इङगित गर्दै आजै 'ब्रेक थ्रु' (निकास) हुने समेत बताएका छन्।

 रिजालले नेकपा (एमाले) मा अहिलेको विवाद सैद्धान्तिक-वैचारिक नभएको बताउँदै यो सिंगो प्रकरणमा त्यस्ता कुनै पनि मुद्दा देखा नपरेको पनि बताएका छन्।

'संगठनात्मक व्यवस्थापनका बारेमा विवाद छ, जुन जेठ २ वरपर रहेर निकास खोज्नासाथ समाधान हुन्छ', रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, 'सबै नेता-कार्यकर्ताले काम गर्न पाउने वातावरण बन्छ। त्यसपछि भित्र र बाहिरबाट जति प्रयत्न गरे पनि पार्टी फुट्दैन। आशा गरौँ, छिट्टै यसमा 'ब्रेक थ्रु' हुन्छ।'

नेकपा एमालेको आज ४ बजे बस्न लागेको स्थायी कमिटी बैठकमा महत्वपूर्ण निर्णय हुनसक्ने चर्चा चलिरहेका बेला उनले सो धारणा सार्वजनिक गरेका हुन्।

यता माधव नेपाल समूहका नेताहरु पनि आज अनौपचारिक छलफलमा छन्।

माधव नेपाल समूहका नेताहरुले पार्टी जेठ २ मा फर्किनु पर्ने बताउँदै आएका छन्।

माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरुलाई पार्टीबाट निष्काशन गरिएको भए पनि नेपाल समूहका दोस्रो पुस्ताका नेताहरुले एकता प्रयास भन्दै छलफल गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad