कारोबार


महिला उद्यमीहरुलाई आधुनिकीकरण र सशक्त बनाउन योगदान पुर्‍याउँदै खल्ती

महिला उद्यमीहरुलाई आधुनिकीकरण र सशक्त बनाउन योगदान पुर्‍याउँदै खल्ती

नेपालखबर
जेठ २०, २०७८ बिहिबार ६:२६,

इकमर्स कम्पनी खल्तीले यूएनसीडीएफ÷यूएनईएससीएपीसँग सहकार्य गरी महिलाद्वारा सञ्चालित घरेलु, सानो तथा मध्यम उद्यमीहरुलाई विभिन्न प्रशिक्षणमार्फत सशक्त र डिजिटाइज गर्दै आइरहेको छ।

यस कार्यक्रमले महिला उद्यमीहरुलाई आर्थिक रूपमा अझ बढी स्वतन्त्र बनाउने उद्देश्य लिएको छ।

‘महिलाले नेतृत्व गरेको व्यवसायहरुलाई सशक्त र डिजिटाइज गर्न सानो योगदान पुर्याउन पाउनु हाम्रो (खल्ती) लागि ठूलो सम्मानको कुरा हो। हामीलाई विश्वास छ कि हाम्रो प्रशिक्षणले वहाँहरुको व्यवसायलाई प्रभावकारी रूपमा वृद्धि गर्न थप मद्दत मिलेको छ’, खल्ती डिजिटल वालेटका परियोजना संयोजक प्रभात कुमार झाले भने।

उनका अनुसार सेवा र उत्पादनहरूको निःशुल्क डिजिटल मार्केटिङ प्रदान गर्न र बिक्री बढाउनका लागि हाइपरलोकल मार्केट अर्थात् खल्ती बजारमा पनि एमएसएमईएस उद्यमीहरुलाई ल्याइएको छ।

कार्यक्रममा सहभागी महिला स्निग्धता श्रेष्ठले खल्ती, युएनसीडीएफ र युएनईएससीएपीसँग काम गर्ने अवसर पाउँदा व्यक्तिगत र व्यावसायिक दुवै रूपमा आफू र आफ्ना सदस्यहरुलाई धेरै खुसी लागेको बताइन्।

‘हामी, सबाह नेपाल र सबाह नेपालद्वारा सञ्चालित– ‘द भिलेज क्याफे’, यस अभियानमा भाग लिन पाएकोमा कृतज्ञ छौँ। वास्तवमै यस प्रशिक्षणले एमएसएमईएस उद्यमीहरुलाई आफ्नो दिगो विकाससम्बन्धी व्यावहारिक ज्ञान दिएको छ’, उनले भनिन्।

यस कार्यक्रमलाई थप प्रोत्साहित गर्नका लागि खल्तीले विभिन्न बैंकहरुसँग सहकार्य गरी धेरै महिलाहरुलाई निःशुल्क बैंक खाता बनाउन सहयोग गर्दै आइरहेको छ। यस कार्यक्रमले महिला व्यवसायीहरुलाई हरेक व्यापारिक कारोबार सजिलै डिजिटल माध्यम बाट गर्न प्रशिक्षण तथा तालिम प्रदान गरेको छ।

त्यसैगरी महिलाको नेतृत्वमा सञ्चालन भइरहेको व्यवसायका लागि पनि खल्तीले प्रत्येक टप–अपमा ४ प्रतिशत क्यासब्याक प्रदान गरेको छ।

यसबाहेक, खल्तीले महिला उद्यमीहरुको व्यवसाय प्रवर्द्धन गर्न र झन्झटरहित भुक्तानीको लागि ५०० एसएमएस र निःशुल्क खल्ती क्यूआरहरू पनि उपलब्ध गराईरहेको छ।

खल्ती डिजिटल वालेटले अहिले पनि साना व्यवसायहरुलाई कसरी डिजिटाइज गर्ने विषयमा प्रशिक्षण सञ्चालन गरिरहेको छ।

इच्छुक व्यवसायीहरुले उनीहरुको सामाजिक सञ्जालमार्फत र सम्पर्क नम्बरमा बुझी उक्त कार्यक्रममा सहभागी हुनसक्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad