राजनीति


राष्ट्रिय सभा उपनिर्वाचनमा ओलीलाई अर्को झड्का, लुम्बिनीमा कांग्रेसका पाण्डे विजयी

राष्ट्रिय सभा उपनिर्वाचनमा ओलीलाई अर्को झड्का, लुम्बिनीमा कांग्रेसका पाण्डे विजयी

नेपालखबर
जेठ १७, २०७८ सोमबार १०:४२,

लुम्बिनी प्रदेशको राष्ट्रिय सभाको उपनिर्वाचनमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे विजयी भएका छन्।

आज भएको मतदानमा नेकपा एमालेका चन्द्रबहादुर खड्कालाई पराजीत गर्दै पाण्डे निर्वाचित भएका हुन्।

पाण्डे एमाले परित्याग गरि कांग्रेस प्रवेश गरेका थिए। खड्का एमालेका आधिकारिक उम्मेदवार थिए।

पाण्डेले चार हजार एक सय ४० मत ल्याउँदा खड्काले तीन हजार छ सय १२ मत प्राप्त गरे।

निर्वाचन आयोगका अनुसार दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा आज बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान भएको थियो। मतदानमा २ सय ९७ मत खसेको थियो।
सो प्रदेशमा राष्ट्रिय सभाको उपनिर्वाचनमा ३ सय मतदाता थिए।

खड्कालाई जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले साथ दिएको थियो भने पाण्डेलाई जसपाको उपेन्द्र यादव–डा. बाबुराम भट्टराई पक्ष, एमालेको माधवकुमार नेपाल समूह, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको समर्थन छ।

बागमती प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा पनि प्रधानमन्त्री केपी शर्मा ओली पक्षका उम्मेदवार रामबहादुर थापा पराजित भएका थिए। लुम्बिनीका खड्का पनि ओली पक्षका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad