कारोबार


राधी विद्युत् कम्पनीले सेयरधनीलाई १४७ प्रतिशत हकप्रद सेयर दिने

राधी विद्युत् कम्पनीले सेयरधनीलाई १४७ प्रतिशत हकप्रद सेयर दिने

नेपालखबर
जेठ १७, २०७८ सोमबार १०:३३,

राधी विद्युत् कम्पनी लिमिटेडले सेयरधनीलाई १४७.५२ प्रतिशत हकप्रद सेयर दिने भएको छ।

यही १६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त हकप्रद दिने प्रस्तावबारे निर्णय गरेको हो।

कम्पनीका अनुसार सेयरधनीलाई ३६.५ प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजी ६४ करोड ६४ लाख ४ हजार ६ सय २२ रुपैयाँ ५० पैसाको १४७.५२ प्रतिशतले हुन आउने १ सेयर बराबर नयाँ १.४७५२ (१ः१.४७५२) सेयरको अनुपातमा प्रतिसेयर सय रुपैयाँको दरले ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता बराबरको हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरिएको छ।

यसअनुसार आगामी १५औँ वार्षिक साधारणसभामा प्रस्ताव पेस गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।

साथै आव २०७६÷०७७ को वार्षिक साधारणसभा कोरोनाको वर्तमान अवस्थालाई ध्यानमा राख्दै यथाशीघ्र गर्ने निर्णय गरेको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad