राजनीति


कोभिड संक्रमणबाट माओवादी नेताको मृत्यु

कोभिड संक्रमणबाट माओवादी नेताको मृत्यु

नेपालखबर
जेठ १७, २०७८ सोमबार ३:३८,

नेकपा (माओवादी केन्द्र) सर्लाहीका नेता रामचन्द्र कुशवाहाको कोरोना संक्रमणको कारण निधन भएको छ।

सर्लाहीको हरिवन नगरपालिका-३ डाबरीबजार घर भएका ४१ वर्षीय कुशवाहाको गएराति उपचारको क्रममा टिचिङ अस्पताल, काठमाडौंमा निधन भएको माओवादी सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिए।

माओवादी केन्द्र सर्लाहीका जिल्ला समिति सदस्य कुशवाहा पशु स्वास्थ्यकर्मीसमेत थिए। उनी विभिन्न संघसंस्थामा आवद्ध भएर सामाजिक काममा क्रियाशील थिए।

दुई साताअघि स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उपचारको लागि उनी सुरुमा हरिवनस्थित स्वाभिमान अस्पतालमा भर्ना भएका थिए। त्यसपछि हरिवनकै नमूना अस्पतालमा उपचार गराएका उनी स्वास्थ्यमा सुधार नभएपछि उपचारको लागि चितवन गएका थिए।

चितवनमा पनि ठिक नभएपछि उनलाई काठमाडौं लगिएको थियो। सुरुमा केएमसी अस्पतालमा उपचार गरेपछि उनलाई पछि टिचिङ अस्पताल लगिएको थियो। टिचिङमा पुर्याएपछि उनको स्वास्थ्य थप जटिल बनेको थियो। एक सातादेखि उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उपचारकै क्रममा राति साढे नौ बजे उनको मृत्यु भएको हो।

कुशवाहाका आमाबुवा, पत्नी, दुई छोरा र एक छोरी छन्। उनको शव सर्लाही ल्याउन नेपाली सेनासँग समन्वय भइरहेको बुढाथोकीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad