राजनीति


लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन आजः मतदाता सूचीमा जसपाका ४ सांसद थपिएकामा आपत्ति

लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन आजः मतदाता सूचीमा जसपाका ४ सांसद थपिएकामा आपत्ति

नेपालखबर
जेठ १७, २०७८ सोमबार २:५७,

लुम्बिनी प्रदेशमा आज हुँदै गरेको राष्ट्रिय सभा उपनिर्वाचनमा दल त्यागको कारबाहीमा परेका चार सांसदलाई पनि निर्वाचन आयोगले अन्तिम समयमा आएर मतदानमा सहभागी हुन पाउने अधिकार दिएको भन्दै विपक्षी गठबन्धले आपत्ति जनाएको छ।

पार्टीको अनुशासन उल्लंघन गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) ले सांसद नरहने गरी कारबाही गरेका सन्तोष पान्डेय, विजयकुमार यादव, कल्पना पाण्डे र सुमन रायमाझी शर्मालाई आयोगले आइतबार दिउँसो आज हुने राष्ट्रिय सभा उपनिर्वाचनको मतदाता सूचीमा राखेको हो।

तर आयोगले सर्वोच्च अदालतको अन्तरिम आदेशबमोजिम उनीहरूलाई प्रदेश सभा सदस्य पदमै कायम गरेको हो।

तर अदालतको आदेशपत्र प्राप्त हुँदा निर्वाचन कार्यतालिकाअनुसार मतदाताको अन्तिम नामावली प्रकाशन भइसकेको अवस्थामा उनीहरूलाई मतदाता नामावलीमा समावेश गर्न नमिल्ने विपक्षी दलको तर्क छ।

हेर्नुहोस्, विज्ञप्ति :

lumbini aapatti

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad