राजनीति


‘रवीन्द्र अधिकारी विमानस्थल’ नामप्रति योगेश भट्टराईको तीव्र असन्तुष्टि

‘रवीन्द्र अधिकारी विमानस्थल’ नामप्रति योगेश भट्टराईको तीव्र असन्तुष्टि

नेपालखबर
जेठ १६, २०७८ आइतबार ४:१३,

सरकारले ताप्लेजुङस्थित सुकेटार विमानस्थलको नाम ‘रवीन्द्र अधिकारी विमानस्थल’ राख्ने भनेपछि पूर्वपर्यटन मन्त्री योगेश भट्टराईले तीव्र असन्तुष्टि जनाएका छन्।

शनिबार बजेट भाषण गर्ने क्रममा अर्थमन्त्री विष्णु पौडेलले सुकेटार विमानस्थललाई अब रवीन्द्र अधिकारी विमानस्थल भनिने भनेको भोलिपल्ट आइतबार बिहान नेकपा एमालेका नेता भट्टराईले यसमा व्यापक छलफल र सहमित हुन आवश्यक रहेको बताएका हुन्।

‘ऐतिहासिक रूपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरूको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिक स्तरमा व्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नु पर्दछ,’ पूर्वपर्यटनमन्त्री भट्टराईले भनेका छन्, ‘यसरी मात्र सहभागितामूलक लोकतन्त्र बलियो हुन सक्छ। असल काम पनि असल नियत र सही प्रक्रिया गरियो भने मात्र सही परिणाममा पुग्न सकिन्छ। अन्यथा विवाद विभाजन र अनावश्यक तनाव मात्र झेल्नुपर्दछ।’

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टी हेलिकप्टर २०७५ फागुन १५ गते ताप्लेजुङको पाथीभरास्थित सिस्नेभीरमा दुर्घटना हुँदा उनीसहित ७ जनाको निधन भएको थियो। 

दुर्घटनामा अधिकारीसहित पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोक्षिभय र हेलिकोप्टर चालक प्रभाकर केसीको निधन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad