राजनीति


पूर्व युवराज पारसमाथि छानबिन सुरु

पूर्व युवराज पारसमाथि छानबिन सुरु

नेपालखबर
भदौ २, २०७६ सोमबार १४:१,

प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा पूर्वयुवराज पारस शाहमाथि छानबिन हुने भएको छ।

पूर्व युवराज पारसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ। पारसले आइतबार साँझ विमानस्थलको भीआईपी कक्षको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीलाई हातपात गरेका थिए।

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले पूर्व युवराज शाहमाथि छानबिन गर्ने जनाएको छ।

आफ्ना छोरा र भाञ्जामाथि प्रहरीले ‘अपमान’ गरेको भन्दै पारसले सई खत्रीलाई छातीमा समातेर धकलेको भिडियो सार्वजनिक भएको थियो। भिडियोमा पूर्वयुवराज पारसले सई खत्रीमाथि झम्टिएको देखिएको छ।

आमा कोमल शाह र छोराछोरीलाई थाइल्यान्ड जान लागेको समयमा बिदाई गर्न पारस विमानस्थल पुगेका थिए। पुर्व राजा ज्ञानेन्द्र शाह २ साताअघि मात्रै थाइल्याण्ड गएका थिए भने हिमानी शाह पनि थाइल्याण्डमै रहेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad