राजनीति


कस्मिर मुद्दाबारे भारतीय दूतावास अगाडि जनमोर्चाको खबरदारी

कस्मिर मुद्दाबारे भारतीय दूतावास अगाडि जनमोर्चाको खबरदारी

नेपालखबर
भदौ २, २०७६ सोमबार १३:४९,

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जम्मु कस्मिरका जनतालाई भारत वा पाकिस्तानमा मिल्ने वा स्वतन्त्र हुने आत्मनिर्णयको अधिकार प्रदान गर्न राष्ट्र संघसँग आग्रह गरेका छन्।

कस्मिरको विशेष अधिकार भारतले खारेज गरेको विरोधमा नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा ज्ञापन पत्र बुझाएपछि भारतीय दूताबास लैनचौरमा आयोजित विरोध सभामा अध्यक्ष केसीले जम्मु कस्मिरको अधिकार खोसेर भारतले त्यहाँका जनतामाथि विश्वासघात गरेको बताए। केसीले पाकिस्तान, भुटान श्रीलङ्का लगायतका देशमा शान्ति खल्बल्याउन भारतले जातीयताको नारा उचालेको आरोप पनि लगाए।

उनले नेपालकाे राष्ट्रियता र सार्वभाैमिकतामाथि भारतले गिद्देदृष्टि लगाएकाे भन्दै नेपालमाथिकाे हस्तक्षेप सह्य नहुने चेतावनी पनि दिए।

सोमबार पार्टीको उच्च स्तरीय प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसंघका महासचिवलाई पत्र लेखी जम्मु कश्मीरको विषेश अधिकार समाप्त पार्ने भारतीय कदम गम्भीर र त्यहाँको जनतामाथिको विश्वासघात भएको बताएको छ।

‘हामीले दृढतापूर्वक यो विचार प्रकट गर्न चाहन्छौं कि जम्मु काश्मिरका जनतालाई भारत वा पाकिस्तामा मिल्ने वा स्वतन्त्र हुने आत्मनिर्णयको अधिकार प्रदान गर्नुपर्छ। हामीले संयुक्त राष्ट्रसङ्घसित त्यहाँको समस्यालाई यही प्रकारले अर्थात् जम्मुकाश्मिरका जनतालाई आत्मनिर्णयको अधिकारको सुनिश्चत गरेर टुङ्ग्याउनका लागि सादर अनुरोध गर्दछौँ’ पत्रमा भनिएको छ।

सन् १९४८ को अप्रिल २१ मा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदको ४७ नं को प्रस्तावले काश्मीरका जनतालाई जनमत संग्रहद्वारा भारत वा पाकिस्तानमा मिल्ने अधिकार प्रदान गरे पनि अहिलेसम्म जनमत संग्रह हुन सकेको छैन। तर त्यो भन्दा अहिले भारतीय कदम बढी गम्भीर भएको राजमोले बताएको छ।

भारतीय साम्राज्यवाद मुर्दावाद, कश्मीरी जनताको आत्मनिर्णयको अधिकार सुनिश्चित गर लगायतका नारा लगाउँदै रत्नपार्कदेखि भारतीय दूतावास अगाडिसम्म विरोध र्‍याली निकालिएको थियो। र्‍याली पछिको सभालाई अध्यक्ष केसीसहित नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरी र राजमोका केन्द्रीय सदस्य मनोज भट्टले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad