कोरोनाविरुद्धको खोपका लागि विशेष पहल गर्न अनुरोध गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्र पठाएकी छन्।
राष्ट्रपति भण्डारीको पत्र अमेरिका लागि नेपाली राजदूत युवराज खतिवडाले अमेरिकी स्टेट डिपार्टमेन्टका बरिष्ठ सल्लाहकार एर्भिन मासिंगामार्फत हस्तान्तरण गरेका छन्।
भेटको क्रममा राजदूत खतिवडाले नेपालमा कोरोना महामारीको वर्तमान अवस्थाबारे मासिंगालाई बताएका थिए। उनले नेपालको कोरोनाविरुद्धको खोप अभियानको योजनाबारे समेत उनलाई जानकारी दिएको नेपाली दूतावासले बताएको छ।
नेपाल र अमेरिकाबीच लामो सम्बन्ध रहेको बताउँदै खतिवडाले खोप आपूर्तिका लागि पहल गर्न अनुरोध गरेका थिए।
मासिंगाले नेपालको वर्तमान अवस्थाप्रति दु:ख व्यक्त गर्दै छिटो भन्दा छिटो कोभ्याक्स सुविधा र द्धिपक्षीय संयन्त्रबाट खोप उपलब्ध गराउन पहल गर्ने बताएको दूतावासले जनाएको छ।
यस अघि राष्ट्रपति भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दा पत्र पठाएकी थिइन् भने चिनियाँ समकक्षी सी चिनफिङसँग लामो टेलिफोन वार्ता गरेकी थिइन्।
प्रतिक्रिया