ad ad

राजनीति


क्यानडामा लाजमर्नु : जुम मिटिङमा जब एक सांसद पिसाब फेर्न थाले...

क्यानडामा लाजमर्नु : जुम मिटिङमा जब एक सांसद पिसाब फेर्न थाले...

नेपालखबर
जेठ १५, २०७८ शनिबार ५:१५,

शुक्रबार क्यानडाको हाउस अफ कमन्सको जुम कन्फ्रेन्स चलिरहेको थियो। सबै सांसदले आआफ्ना सुझाव दिइरहेका थिए। यहीबीच एक जना सांसद भने पिसाब फेरिरहेको देखिए! जसले गर्दा लाजमर्दाे स्थिति उत्पन्न भयो।

भिडिओ सम्मेलन क्रममा पिसाब फेरिरहेको देखिने सांसद हुन्– क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोका लिबरल पार्टीका विलियम अमोस। जो एक महिनाभित्र दोस्रोपटक भिडिओ कन्फ्रेन्समा नग्न अवस्थामा देखिएका हुन्।

यस घटनापछि उनको राजीनामा मागिएको छ।

यस विषयमा सांसद अमोसले ट्विट गर्दै भनेका छन्, ‘म संसदको भिडिओ बैठक चलिरहेका बेला पिसाब गरिरहेको थिएँ, तर मलाई लागेको थियो– मेरो क्यामेरा बन्द छ। तर पछि थाहा भयो– मबाट गल्ती भएछ। म यतिबेला एकदमै लज्जित छु। यसका लागि म माफी चाहन्छु।’

यसअघि पनि यस्तै हर्कत
सांसद अमोसले यसरी पहिलोपटक हर्कत देखाएका भने होइनन्। गत अप्रिलमा अयाोजित भिडिओ कन्फ्रेन्समा पनि उनी नग्न अवस्थामा देखिएका थिए। द क्यानेडियन प्रेसले फेला पारेको स्क्रिनसटमा उनी डेस्कपछाडि उभिइरहेका थिए र गोप्य अंग सम्भवतः एउटा मोबाइलले ढाकिएको थियो। सांसद अमोसले एक महिनाभित्र दोस्रोपटक फेरि यस्तै हर्कत देखाएका हुन्।

विपक्षी दलका सांसदले गरे आलोचना
क्यानडाको विपक्षी दल ब्लक क्युबेकोइसका सांसद क्लाउडेले घटनाको विरोध गरेका छन्। संसदीय मर्यादा उल्लंघन भएको आरोप लगाएका छन्। यो प्रवृत्ति नियन्त्रण हुनुपर्ने उनले आवाज उठाएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .