प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्च अदालतले फागुन ११ गते गरेको फैसलाअनुसार दोस्रो पटक प्रतिनिधि सभा विघटन गर्दा संविधानको धारा ७६ अन्तर्गतका सबै उपधारा कार्यान्वयन गरेको बताएका छन्।
शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा १ देखि ५ सम्मका सरकार बन्ने सबै प्रावधानको प्रयोग गरेर विघटन गरेको दाबी गरे।
उनले सर्वाेच्च अदालतले फागुन ११ गते प्रतिनिधि सभा पुनस्र्थापना गरेपनि अस्थिरता भने कायम रहेको जिकिर गरे।
‘सरकार बन्नसक्ने संविधानको धारा ७६ का सबै उपधारा पूरा भएका छन्,’ ओलीले भने। प्रतिनिधि सभा पुरै चलोस् भनेर सबै प्रयास गरेपनि नसकेको उनले बताए।
राजनीतिक स्थिरता कायम गर्न खोज्दा त्यसो हुन नदिइएको उनको दाबी छ।
सर्वाेच्चले फैसला गरेपछि अदालतको आदेशलाई कार्यान्वयनमा लगिएको तर ३ महिनामा पूर्ण कार्याकाल चलाउन खोज्दा त्यसो हुन नदिइएको प्रधानमन्त्री ओलीको भनाइ छ।
आफूले बैकल्पिक सरकार दिन आग्रह गर्दै सदनमा आफूले विश्वासका मत मागेको स्मरण गरे।
‘संविधानको धारा ७६ मा प्रतिनिधि सभाबाट सरकार पनि दिन नसक्ने र मलाई विश्वास पनि दिने भरपर्दाे आधार देखिन,’ उनले भने, ‘यसैबीच जनता समाजवादी पार्टीले मलाई प्रधानमन्त्रीमा समर्थन गर्यो। त्यसबेला मलाई एमालेको १ सय २१ को समर्थन थियो तर, त्यसभन्दा पछि विभिन्न काम भयो। एमाले र जसपाका केही सांसदले कांग्रेसलाई सरकार बनाउन दियो । जसपाले केहीलाई कारवाही गने पत्र राष्ट्रपतिलाई पठायो।’
भिडिओ:

प्रतिक्रिया