कोभिड रोकथाम तथा उपचारको लागि वैशाखसम्म सरकारले २३ अर्ब १६ करोड रुपैयाँ खर्च भएको जनाएको छ।
देशभर औषधि, उपकरण, उपचार सामग्रीको आपूर्ति र संक्रमित व्यक्तिको व्यवस्थापन, कोभिडसम्बन्धी पूर्वाधारलगायतमामा ३४ अर्ब ११ करोड रुपैयाँ व्यवस्था गरिएको थियो।
अर्थ मन्त्रालयले कोरोना कोषसहित वैशाखसम्म १० अर्ब ९५ करोड रुपैयाँ खर्च हुन बाँकी रहेको जनाएको छ।
संघीय कोरोना कोषमा वैशाखसम्म २ अर्ब ९३ करोड रकम जम्मा भएकोमा २ अर्ब ५२ करोड खर्च भइसकेको छ।
त्यसैगरी चालू आर्थिक वर्षमा समेत गरी संघीय बजेट प्रणालीबाट कोभिड १९को संक्रमण १३ अर्ब ६१ करोड विनियोजन भएकामा ८ अर्ब ५४ करोड खर्च भएको छ।
वैशाखसम्म प्रदेश र स्थानीय तहबाट कोरोना कोषमा जम्मा भएको तथा विनियोजन गरेको १७ अर्ब ५७ करोडमध्ये १२ अर्ब ९ करोड खर्च भइसकेको छ।
५ अर्ब ४८ करोड खर्च गर्न बाँकी रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ।
सरकारले कोभिडसँग लड्न चीन, भारत, जापानलगायत, विभिन्न मित्रराष्ट्र र विश्व बैंक, एसियाली विकास बैंक तथा अन्य अन्तर्राष्ट्रिय दातृनिकायबाट समेत सहयोग प्राप्त भएको जनाएको छ।
जसमा सहुलियतपूर्ण कर्जा सहायता, अनुदान सहायता, प्राविधिक सहायत र सिधै भुक्तानी गरी वैशाखसम्म ६१ करोड ९ लाख अमेरिकी डलरको प्रतिबद्धता प्राप्त भएकोमा ५१ करोड ५४ लाख डलर प्राप्त भएको मन्त्रालयले उल्लेख गरेको छ।
सरकारले महामारीको बीचमा ४ लाख २५ हजार नेपाली नागरिकको उद्धार गरेको दाबी गरेको छ।

प्रतिक्रिया