राजनीति


‘स्वास्थ्यकर्मीको सुरक्षाका लागि गृह मन्त्रालय प्रतिवद्ध’

‘स्वास्थ्यकर्मीको सुरक्षाका लागि गृह मन्त्रालय प्रतिवद्ध’

नेपालखबर
जेठ १४, २०७८ शुक्रबार १०:४८,

गृह मन्त्रालयले बाँकेको भेरी अस्पतालमा बिरामीका आफन्तबाट स्वास्थ्यकर्मी कुटिएको घटनामा संलग्नलाई पक्राउ गरी कारबाही सुरु गरिसकेको जनाएको छ।

शुक्रबार विज्ञप्ति प्रकाशित गरी गृहले कोभिड महामारीको विषम परिस्थितिमा बिरामीको उपचारमा खटिएका स्वाथ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय कार्य भएको जनाएको छ।

हातपात तथा दुर्व्यबहार फौजदारी कसुरजन्य कार्य भएको पनि गृहले स्पष्ट पारेको छ।

बाँके घटनाको छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति गठन भएको र घटनामा संलग्नलाई नियन्त्रणमा लिइसकिएको गृहले जनाएको छ।

यस्तै, बाँके लगायत सोलुखुम्बु, धनुषा, कास्की तथा मोरङ जिल्लामा पनि यस्ता घटनामा संलग्नलाई कानुन बमोजिम कारबाही गरिएको गृहले जनाएको छ।

साथै, स्वास्थ्यकर्मीको सुरक्षाका लागि विषेश ध्यान पुर्याउने प्रतिवद्धता व्यक्त गर्दै गृह मन्त्रालयले उच्च मनोबलका साथ बिरामीको उपचारमा खटिन स्वास्थ्यकर्मीहरुलाई अपिल गरेको छ।

banke-statement.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad