कारोबार


आर्थिक सर्वेक्षणः कोभिडबाट सबैभन्दा बढी प्रभावित बन्यो पर्यटन क्षेत्र

आर्थिक सर्वेक्षणः कोभिडबाट सबैभन्दा बढी प्रभावित बन्यो पर्यटन क्षेत्र

नेपालखबर
जेठ १४, २०७८ शुक्रबार १०:४२,

कोभिड १९ को महामारीबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको अर्थ मन्त्रालयले जनाएको छ।

आर्थिक सर्वेक्षण जारी गर्दै मन्त्रालयले पर्यटन क्षेत्रमा उच्च संकुचन हुने उल्लेख गरेको छ।

सन् २०१९ मा विदेशी पर्यटक २.१ प्रतिशतले बढेकोमा महामारीका कारण ८०.८ प्रतिशतले घटेको थियो।

सन् २०२० मा २ लाख ३० हजार पर्यटक मात्रै भित्रिएको सर्वेक्षणले देखाएको छ।

कोभिड १९ रोकथापका लागि स्थगन गरिएका अन्तर्राष्ट्रिय उडान पूर्णरुपमा सुचारु हुनसकेको छैन।

लकडाउन खुकुलो भएसँगै आन्तरिक उडान भने निषेधाज्ञाअघि पूर्ण क्षमतामा सञ्चालनमा रहेको मन्त्रालयले उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad