स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. कृष्णप्रसाद पौडेलले पाएका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का प्रमुख समेत रहेका डा. पौडेललाई मन्त्रालयको प्रवक्ता जिम्मेवारी पनि दिइएको हो।
यसअघिका प्रवक्ता प्राडा जागेश्वर गौतम कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख कार्यकारी अधिकारी नियुक्त भएपछि मन्त्रालयको प्रवक्तामा पौडेलले जिम्मेवारी पाएका हुन्।

प्रतिक्रिया