राजनीति


सरकारले महामारीको आडमा राजनीति गर्न खोजेको कांग्रेसको आरोप

सरकारले महामारीको आडमा राजनीति गर्न खोजेको कांग्रेसको आरोप

नेपालखबर
जेठ १२, २०७८ बुधबार १२:१७,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड–१९ महामारी नियन्त्रणमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरेको छ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको केन्द्रीय पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले सरकारले कोभिड–१९ महामारीको आडमा राजनीति गर्न खोजेको आरोप लगाएको छ।

सभापति देउवा नेतृत्वको प्रतिनिधिमण्डलले कोभिड–१९ संक्रमणको उपचार र रोकथामका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई यही जेठ ६ गते १५ बुँदे सुझावपत्र बुझाएको थियो।

बैठकले सो सुझाव कार्यान्वयनमा सरकारले गम्भीर रुपमा चासो नदेखाएको भन्दै पुनः ध्यानाकर्षण गराएको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए। बैठकले आवश्यकताअनुसार शय्या, अक्सिजन, आईसीयू र भेन्टिलेटरसहितको अस्पताल र आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था तत्काल गर्न, सबै जनतालाई सहज रुपमा तत्काल कोरोनाविरुद्धको खोप उपलब्ध गराउन, कन्ट्याक्ट ट्रेसिङको आधारमा बढी भन्दा बढी पीसीआर परीक्षणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

नेता खड्काले लम्बिदै गएको निषेधाज्ञाका कारण मारमा परेका दैनिक ज्यालादारी श्रमिक, रोजगारी गुमाएका सर्वसाधारण र व्यापारीलगायतलाई उचित राहतको व्यवस्था गर्न, स्थानीय तहलाई आवश्यक साधन, स्रोतको व्यवस्था गरी संक्रमणको प्रभावकारी रोकथाम, कन्ट्याक्ट ट्रेसिङ, संक्रमितको आइसोलेशन, प्रारम्भिक स्वास्थ्य परामर्श र उपचारको पहुँचमा पुर्‍याउने व्यवस्थाका लागि जिम्मेवारी दिनुपर्नेलगायत विषयमा बैठकले सरकारको ध्यानाकर्षण गराएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad