चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार दिउँसो भएको टेलिफोन वार्तामा चिनियाँ समकक्षीले सो खोप उपलब्ध गराउने जानकारी गराएका हुन्।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गर्दै सो जानकारी गराएकी हुन्।
‘आज नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको टेलिफोन वार्ताको क्रमका चिनियाँ राष्ट्रपति सी चिनिफिङले चीनले नेपाललाई कोभिड १९ को १० लाख डोज खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेका छन्’, राजदूत होउले लेखेकी छिन्।
— Ambassador Hou Yanqi (@PRCAmbNepal) May 26, 2021During today's phone conversation with Nepali President Bidya Devi Bhandari, Chinese President Xi Jinping announced that China will provide 1 million doses of COVID-19 vaccines to Nepal under grant assistance. pic.twitter.com/0d2OWT2mYd
यसअघि चीनले नेपाललाई अनुदानमा ८ लाख डोज खोप उपलब्ध गराएको थियो । दोस्रो चरणको कोभिड महामारी शुरु भएपछि अक्सिजन सिलिन्डरसहित विभिन्न सामग्रीहरु पठाएको सहयोग गरेको छ ।
याे पनि -
खोप खरिदको विषयमा राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सीबीच टेलिफोन वार्ता

प्रतिक्रिया