राजनीति


‘समाचारको विषयलाई लिएर सम्पादकलाई अदालतमा बोलाउनु प्रेस स्वतन्त्रता विरुद्ध’

‘समाचारको विषयलाई लिएर सम्पादकलाई अदालतमा बोलाउनु प्रेस स्वतन्त्रता विरुद्ध’

नेपालखबर
जेठ ११, २०७८ मंगलबार १३:२,

नेपाल पत्रकार महासंघले समाचारको विषयलाई लिएर सम्पादकहरुलाई सर्वोच्च अदालत बोलाइएको घटना प्रेस स्वतन्त्रता विरोधी कार्य भएको बताएको छ।

महासंघले मंगलबार विज्ञप्ति प्रकाशित गरी समाचारको विषयलाई लिएर ‘इमेज खबर डटकम’ का सम्पादक राजन कुइँकेल र ‘नेपाल समय डटकम’ का प्रधान सम्पादक नारायण अमृतलाई सर्वोच्च अदालतबाट सोधपुछका लागि भन्दै बोलाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘प्रकाशित र प्रसारित समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति छ’ महासंघले भनेको छ, ‘त्यसलाई बेवास्ता गर्दै मुलुकको न्यायपालिकाको सर्वोच्च संस्था सर्वोच्च अदालतबाट पत्रकारलाई बोलाएर सोधपुछ गरिनु प्रेस स्वतन्त्रता विरोधी कार्य हो।’

संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग महासंघले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad