राजनीति


सर्वोच्च गएको भोलिपल्ट पाँच दलको समीक्षा : हामीसँग बलियो आधार छ

सर्वोच्च गएको भोलिपल्ट पाँच दलको समीक्षा : हामीसँग बलियो आधार छ

नेपालखबर
जेठ ११, २०७८ मंगलबार १२:७,

पाँच दलका शीर्ष नेताले रिट दायर गर्दा सर्वोच्च अदालतमा बहुमत सांसद उपस्थितिले बलियो आधार दिएको समीक्षा गरेका छन्।

सोमबार नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलबीच को छलफलमा सो निष्कर्ष निकालिएको हो।

सोमबार १ सय ४६ सांसदहरु सर्वोच्च अदालतमा उपस्थित भएर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने, प्रतिनिधिसभाको अधिवेशन तोकिनुपर्ने लगायतका मागदाबी सहित रिट निवेदन दर्ता गरेका थिए।

बहुमत सांसद नै अदालतमा उपस्थित भएकोले आफूहरुसँग बलियो आधार पेश भएको सहभागी दुर्गा पौडेलले जानकारी दिइन।

‘अहिलेसम्मको हिसावले बलियो पक्ष हाम्रै पक्षमा छ,’ पौडेलले भनिन, ‘हिजो सर्वोच्च पुगेर त्यसको मजबुत आधार पेश गरेका छौं।’

पाँच नेताबीच रिट निवेदन दर्ता गर्दा केही प्राविधिक समस्या देखिएकोले त्यो समेत सच्याइएको उनले बताईन्।

‘केही प्राविधिक समस्या, नाम दोहोरिएका थिए, त्यो आज करेक्सन गरियो, आजको मुख्य बैठक यसकै लागि थियो,’ पौडेलले भनिन।

संसद विघटन विरुद्ध र सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नका लागि गरिएको प्रस्तावका सम्बन्धमा कानुनी लडाई कसरी अघि बढाउने भन्ने बारेमा परामर्श गर्ने काम भएको नेता रमेश लेखकले जानकारी दिए।

उनले लोकतन्त्र नै नरहने खतरामा मुलुक पुगेकाले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई जोगाउनका लागि नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रक्रियामा आफुहरु अघि बढेको बताए।

उनले संसदको बहुमत सदस्यहरुले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रस्ताव गर्दा प्रधानमन्त्री बनाउन अस्वीकार गर्नु संसदीय पद्धतिमाथिकै मजाक भएको टिप्पणी गरे।

उनले संसदीय प्रणाली अनुसारका प्रस्तावहरु अस्वीकृत हुदै जाँदा संविधान र व्यवस्था नै नरहने खतरा बढेकाले त्यसको रक्षाका लागि न्यायीक लडाई अघि बढाउनुपरेको बताए।

 पाँचै दलका तर्फबाट १ सय ४९ सांसदले जेठ ७ गते ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री दाबी गर्दै राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गराएका थिए।

तर, राष्ट्रपति विद्यादेवी भण्डारीले दाबी नपुग्ने भन्दै खारेज गरेर प्रतिनिधि सभा नै भंग गरेपछि १ सय ४६ जना सांसदले सोमबार सर्वोच्च अदालतमा शशरीर उपस्थित भएर मुद्दा दर्ता गराएका छन्।

ती रिट माथि शुक्रबारका लागि पेशी तोकिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad