नेपाल र अफ्रिकी मुलुक गाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ।
संयुक्त राष्ट्र संघमा नेपालका तर्फबाट स्थायी प्रतिनिधि अमृत राई र गाम्बियाका तर्फबाट स्थायी प्रतिनिधि लन याबोले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा सोमबार हस्ताक्षर गरेका हुन्।
न्युयोर्कमा आयोजित एक समारोहबीच उनीहरूले हस्ताक्षर गरेका हुन्।
यससँगै नेपालले कूटनीति सम्बन्ध स्थापना गरेको देशको संख्या १ सय ७० पुगेको छ।
पश्चिम अफ्रिकामा रहेको सानो देश गाम्बियालाई तीनतिरबाट सेनेगलले घेरोको छ भन पश्चिमतर्फ आन्ध्र महासागर पर्छ। सन् १९६५ मा बेलायती साम्राज्यबाट स्वतन्त्र भएको हो।

प्रतिक्रिया