राजनीति


देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै रिट बोकेर सर्वोच्च पुगे शीर्षनेता

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै रिट बोकेर सर्वोच्च पुगे शीर्षनेता

नेपालखबर
जेठ १०, २०७८ सोमबार ८:२६,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित रिट बोकेर पाँच दलका शीर्षनेता सर्वोच्च अदालत पुगेका छन्।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र–बाबुराम भट्टराई पक्ष, एमालेको माधवकुमार नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाका गरी १ सय ४६ सांसदको हस्ताक्षरसहित नेताहरु सर्वोच्च पुगेका हुन्।

सभापति देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, भीम रावल, कांग्रेस नेता डा. मीनेन्द्र रिजाललगायत सर्वोच्च पुगेका छन्।

सर्वोच्च जानुअघि सबै सांसदहरुको नागरिकता समेत संकलन गरिएको थियो।

sansadharu line ma

यही जेठ ७ गते संविधानको धारा ७६ (५) अनुसारको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष १ सय ४९ सांसदलले हस्ताक्षर बुझाएका थिए।

तर, सो दाबीलाई राष्ट्रपतिले खारेज गरेर सोही मध्यराति नयाँ सरकार बन्ने दाबी नपुगेको भन्दै केपी शर्मा ओली सरकारको सिफारिसमा संसद भंग गरेर निर्वाचनको मिति तोकेपछि उनीहरु असन्तुष्ट हुँदै अदालतमा प्रधानमन्त्री नियुक्तिको माग लिएर मुद्दा दर्ता गर्न पुगेका हुन्।

No description available.

हस्ताक्षर गरेका तिनै पाँच दलबीच कानुनी र राजनीतिक लडाइँ लड्ने सहमति समेत बनेको छ।

सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध आइतबार मात्र २५ रिट परेको छ।

त्यसअघि नै नेता तथा सांसदहरू लीलामणि पोखरेल, मातृका यादव, शशी श्रेष्ठ, धर्मशिला चापागाईंलगायत सर्वोच्च पुगिसकेका छन्।

No description available.

No description available.

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad