राजनीति


चर्काे आलोचना हुनथालेपछि महान्यायाधिवक्ता कार्यालयले गर्‍याे नागरिकतासम्बन्धी अध्यादेशको बचाउ

चर्काे आलोचना हुनथालेपछि महान्यायाधिवक्ता कार्यालयले गर्‍याे नागरिकतासम्बन्धी अध्यादेशको बचाउ

नेपालखबर
जेठ १०, २०७८ सोमबार ८:४,

महान्यायाधिवक्ताको कार्यालयले संविधानमा व्यवस्था भएअनुसार नै नागरिकतासम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको दाबी गरेको छ।

राष्ट्रपति भण्डारीले आइतबार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी थिइन्।

त्यसको चर्को आलोचना सुरु भएपछि महान्यायाधिवक्ताको कार्यालयले पत्रकार सम्मेलन गर्दै संविधानमा रहेको व्यवस्थाअनुसार अध्यादेश ल्याएको दाबी गरेको हो।

उक्त अध्यादेश यो संविधानमा भएभन्दा एक इन्च पनि फरक नभएको गृहसचिव महेश्वर न्यौपानेले दाबी गरे।

अध्यादेशअनुसार जन्मसिद्ध नागरिकका छोराछोरीले वंशजको आधारमा नागरिकता प्राप्त गर्नेछन्।

त्यस्तै, नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेका र बाबुको पहिचान नभएको स्वघोषणा गरेका व्यक्तिले आमाका नामबाट पनि नागरिकता पाउनेछन्।

तर, नागरिकता ऐनजस्तो संवेदनशील विषय अध्यादेशमार्तफ ल्याएको र यसलाई सत्ता टिकाउने अस्त्र बनाएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना सुरु भएको छ।

सोही विषयलाई प्रष्ट पार्न महान्यायाधिवक्ता कार्यालयले त्यसको स्पष्टीकरण दिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad