राजनीति


प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा प्रेस चौतारीको इन्चार्ज

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा प्रेस चौतारीको इन्चार्ज

नेपालखबर
जेठ १०, २०७८ सोमबार ४:३२,

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको इन्चार्ज उनका प्रेस सल्लाहकार सूर्य थापालाई बनाइएको छ।

थापाले नै दिएको जानकारीअनुसार आइतबार प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा प्रधानमन्त्री ओलीसँग प्रेस चौतारीका अगुवाहरूको अन्तरक्रिया कार्यक्रमका क्रममा आफूलाई राजेन्द्र गौतमले संगठन (प्रेस चौतारी) इन्चार्जको नयाँ जिम्मेवारी हस्तान्तरण गरेका हुन्।

यसअघि थापा प्रेस चौतारीका सहइन्चार्ज थिए। अहिले इन्चार्जको जिम्मेवारी पाइएको भन्दै थापाले आफ्नो संगठनका पत्रकारलाई समन्वय, सहयोग, सुझाव र सहकार्यका लागि अनुरोध पनि गरेका छन्। 

हाल प्रदीप ज्ञवाली प्रमुख रहेको एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुखसमेत रहेका थापाले यो थप जिम्मेवारी पाएका हुन्।

आइतबारको भेलामा एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगै पार्टी प्रवक्ता प्रदीप ज्ञवाली, सरकारका प्रवक्ता पार्वत गुरुङ, पार्टी विदेश विभाग उपप्रमुख विष्णु रिजाल पनि सहभागी थिए।

press chautari baluwatar

एमालेनिकट पत्रकार संगठन प्रेस चौतारी हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनपछि पार्टीजस्तै दुई समूहमा विभाजन भएको छ– केपी ओली र माधव नेपाल। महासंघको चुनावमा प्रेस चौतारीको नेपाल पक्ष विपक्षी गठबन्धनमा सहभागी भएको थियो।

चुनावमा सत्तापक्षीय प्रेस चौतारीकी निर्मला शर्मा पराजित भइन् भने विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसनिकट प्रेस युनियनका विपुल पोखरेल पत्रकार महासंघको अध्यक्ष भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad