ad ad

राजनीति


सर्वोच्चमा रिटका लागि हस्ताक्षर गरेपछि के भन्छन् नेताहरु?

सर्वोच्चमा रिटका लागि हस्ताक्षर गरेपछि के भन्छन् नेताहरु?

नेपालखबर
जेठ ९, २०७८ आइतबार ११:४६,

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा रिट लिएर जाने सांसदहरुको संख्या १४९ भन्दा बढ्ने बताएका छन्।

अध्यक्ष प्रचण्डले आइतबार सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गर्ने १४९ सांसदहरु सर्वोच्च अदालतमा रिट हाल्न जाँदा संख्या नघट्ने बताएका हुन्। बरु संख्या बढ्ने उनले दाबी गरे।

उनले भने, ‘आज हामीले १४९ प्लस अरु केही साथीहरु पनि थपिनुभएको छ। रिटको तयारी भइराखेको छ। ड्राफ्ट अन्तिममा पुगेको छ, बेलुकासम्म त्यो टुंगिदैछ। फिजिकल्ली नै बहुमत उपस्थित भएर भोलि हामी अदालतमा रिट दर्ता गर्न जाने अन्तिम तयारी भएको छ। तपाइँहरु कोही कन्फ्युज नहुनुहोला, अस्ति १४९ मा हस्ताक्षर नगर्ने मध्येपनि केही सांसदहरु थपिनुभएको छ। घट्नुभएको छैन।’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबैको हस्ताक्षर संकलन भइरहेको र भोलि बिहान १० बजे रिट दर्ता गरिने बताए।
नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले पनि आजै सबैले हस्ताक्षर गरिसकेको र बहुमत पुगिसकेको बताए। संख्या अझै बढ्ने पनि उनले बताए।

नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसको तर्फबाट आजै सबै जिल्ला र पालिकाहरुमा विपक्षी गठबन्धनका पाँच राजनीतिक दलहरुसँग छलफल गरी अवस्था हेरी राजनीतिक प्रतिरोधका कार्यक्रमरु गर्न निर्देशन दिने सहमती भएको बताए।

नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिले संविधानको धारा ७६(५) अन्र्तगतको सरकार बनाउन बहुमत सांसदको हस्ताक्षर दिदा पनि त्यसलाई वेवस्ता गरेको भन्दै संविधानको खुल्लम् खुल्ला उल्लंघन गरिएको बताए।

नेकपा(एमाले)का नेता सोमप्रसाद पाण्डेले आफूहरु सकेसम्म नेकपा(एमाले)को एकताको पक्षमा रहेको बताए। उनले एमाले एकता गराउन अझैपनि आफूहरु लागिरहेकको बताए।

नेता पाण्डेले अझैपनि एमाले एकताको सम्भावना टुटिनसकेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .