राजनीति


वैकल्पिक सरकार बन्न नदिनेगरी फर्जी हस्ताक्षर संकलन गरियाे : प्रधानमन्त्री ओली

वैकल्पिक सरकार बन्न नदिनेगरी फर्जी हस्ताक्षर संकलन गरियाे : प्रधानमन्त्री ओली

नेपालखबर
जेठ ९, २०७८ आइतबार ९:३३,

प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सरकार बन्न नदिनेगरी फर्जी हस्ताक्षर संकलन भएको आरोप लगाएका छन्।

आफ्नै पार्टीभित्रबाट र जनता समाजवादी पार्टी (जसपा) बाट त्यस्ता हस्ताक्षर गरिएको उनले दाबी गरे।

‘वैकल्पिक सरकार बन्न नदिन फर्जी हस्ताक्षर गरियो,’ ओलीले भने, ‘अनुशासनहीन काम, लोकतन्त्रमा दलीय व्यवस्था स्वीकार गर्न समेत नसक्ने काम भयो, सधैँ यो संख्या रहन्छ भन्ने होइन, मैले १ सय २१ र जसपाको ३२ जनाको समर्थन लिएर १ सय ५३ को संख्यासहित मैले दाबी गरेँ।

आफूले दाबी गरेकै पार्टीबाट अर्कोतिर पनि केही सांसदले हस्ताक्षर गरेपछि राष्ट्रपतिलाई ‘कन्फ्युजन’ भएको ओलीले दाबी गरे।

प्रधानमन्त्री ओलीले भने, ‘त्यसलाई असफल बनाउन, त्यो हुन नदिन अर्थात वैकल्पिक सरकार बन्न नदिन फर्जी हस्ताक्षर लाने, लोकतन्त्रको मर्यादित आचरण विपरीत, दुषित अभ्यास राष्ट्रपतिकोमा गयो, जसले राष्ट्रपतिलाई कन्फ्युजन भयो। मैले दाबी गरिरहेका ठाउँबाट पनि केही मान्छेको हस्ताक्षर अर्कातिर छन्।’

उनले प्रतिनिधि सभा भद्रगोल र असफल भइसकेको दाबी गरे। एउटा पार्टीको सांसद अर्कैतिर लाग्नु निशुल्क नभएर किनबेच नै भएको उनले ठोकुवा गरे।

‘वल्ला घरका नरे पल्ला घरमा सरे। एक दल अर्काेमा गएको छ। अनुशासनको मतलव छैन। किनबेच भएको छ। यो निशुल्क भएको होला र? जे होस् अहिलेको प्रतिनिधि सभा भरखरै विघटन भयो त्यो कतिसम्म भद्रगोल र असफल भइसक्यो भन्ने कुुरा मैले दलको अध्यक्ष र दलको नेताको हैसियतले र पार्टीको अध्यक्ष महन्थ ठाकुर दलको नेता राजेन्द्र महतोको हस्ताक्षरसहित १ सय ५३ को समर्थन लिएर गएँ। कि प्रतिनिधि सभा विघटन नहोस् धारा ७६ (५) को पनि मै सरकार बनाउन सकुँ भनेर गएँ’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad